सेयर बजार १५.४४ अंकले बढ्यो

काठमाडौँ, १७ भदौ । आज सेयर बजार १५.४४ अंक बढेको छ । अघिल्लो दिन ९.२४ अंक बढेको थियो । आजको वृद्धिपछि नेप्से परिसूचक २५३८ अंकमा कायम भएको छ ।

कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब ९४ करोडको भयो । १९३ कम्पनीको मूल्य बढ्दा ७५ को घट्यो भने १० को स्थिर रह्यो।

सबै समूहत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.७३, विकास बैंक ०.५९, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.१८, जलविद्युत् ०.९५, लगानी ०.४१, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.४८, माइक्रोफाइनान्स ०.४३, अन्य ०.८० तथा व्यापार ०.७२ प्रतिशत बढे ।  निर्जीवन बीमा समूह ०.०७ प्रतिशत घट्यो ।

उपकार लघुवित्तको मूल्य ११.८७, माथिल्लो मैलुङखोलाको १०.२३, आत्मनिर्भर लघुवित्तको १०.१०, सेन्ट्रल फाइनान्सको ९.११, रसुवागढी हाइड्रोपावरको ५.९९, मायाखोला हाइड्रोपावरको ५.९३ प्रतिशत मूल्य बढ्यो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ३.६५, मानुसी लघुवित्तको ३.२८, एसियन हाइड्रोपावरको मुल्य २.६८ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सानिमा मिडिल तमोर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, साहस ऊर्जा, रिडी पावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो प्रभावित क्षेत्रको वास्तविक अवस्था मूल्याङ्कन गर्दै सम्बन्धित सबै तहका

काठमाडौँ, १७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ग्रीन आर्मी नेपाल नामक संस्थाको

काठमाडौँ, १७ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको

काठमाडौँ, १७ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख