रोबिजविरुद्धको खोप लगाउन अभियान सुरु

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको संक्रमण पुष्टि भएको हो । 

जर्सी गाईमा रेबिज संक्रमण पुष्टि भएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए । यो रोग लागेका गाईभैँसीले र्‍याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे वा अरू जनावारलाई टोक्न खोज्ने, पानी, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने उनले बताए ।

संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्रमा पालिएका पशुचौपायमा रोबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्छ ।

जिल्लाका अरू पालिकामा समेत यो रोगको संक्रमण देखिन सक्ने जनाउँदै उनले पशुपालक किसानलाई उच्च सावधानी अपनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।