काठमाडौँ, २९ साउन । पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो ।
श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।





