कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर, २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा बिहीबार स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पु¥याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरे । उनले कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक एवं रचनात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकास तथा समृद्धिका लागि नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी

काठमाडौँ, २९ साउन । उज्यालो नेपाल पार्टी (उनेपा)ले सत्तारूढ पक्षका केही मन्त्री, सांसद तथा कार्यकर्ताबाट सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी

काठमाडौँ, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७

काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका