संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ

काठमाडौँ, २९ साउन । संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति समीक्षा बास्कोटाले यस्तो रुलिङ गरेकी हुन् ।

उनले भनिन, ‘समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठनका प्रमुख, कुनै न कुनै मन्त्रालयदेखि लिएर निकायका प्रमुख रहेर काम गरिरहनु भएको स्थिति भएकोले हामीले यहाँनेरी बोलिने भाषा, हामीले प्रयोग गरिने शब्द र हामीले प्रयोग गर्ने व्यवहार यो सम्पूर्ण आम नागरिकले पनि हेरिराख्नु भएको हुन्छ,’ ‘यो हिसाबले समितिमा बोल्ने विषयमा विषयान्तर नभइकन र हामीले प्रयोग गर्ने भाषामा पनि त्यत्तिकै सचेत र संवेदनशील भएर विषय उठान गर्दिनुहुन्छ भनेर माननीय सदस्यहरू र आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु।’

पछिल्लो समयमा कतिपय सांसदहरूले आमन्त्रित व्यक्तिमाथि तिखो टिप्पणी गर्नेक्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण

तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ। आफ्नो निर्वाचन

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै व्यक्तिगत लाभ वा शक्तिको पद

काठमाडौँ, २८ साउन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यका प्रमुख निकायहरूलाई कमजोर बनाउँदै नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र