चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ, २९ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल, काठमाडौँले काममा ढिलासुस्ती तथा सम्झौता अनुसार काम नगर्ने चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। 

कार्यालयको साउन २८ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम साउन २९ गते सूचना प्रकाशित गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो।

कालोसूचीमा राखिएका कम्पनीहरूले तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। पूर्वाधार विकास कार्यालय सिमकोट, हुम्लाको सिफारिसमा काली बहादुर शाही मुख्य व्यक्ति रहेको पूर्ण निर्माण सेवा, गोत्री-०४, बाजुरालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका