बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ, २९ साउन । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।

बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण ३५ दिनको लागि उक्त रकम बराबरको निक्षेप तान्न लागेको हो । यसअघि साउन २७ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ३० अर्ब रुपैयाँको एक महिने निक्षेप संकलन गरेको थियो ।

बैंक प्रणालीमा अधिक लगानीयोग्य पूँजी (तरलता) रहँदै आएकाले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरेको हो । कर्जाको माग नबढ्दा लामो समयदेखि बैंकहरूमा थुप्रिएको रकमलाई केन्द्रीय बैंकले प्रशोचन गरिरहेको छ ।

जारी उक्त उपकरणको बोलकबोल र निष्कासन आज दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले

काठमाडौँ, २९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । आज नेपाल एसोसिएसन अफ

काठमाडौँ, २९ साउन । संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा

काठमाडौँ, २९ साउन । परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृष्णकुमार सुवेदी (कृशु क्षेत्री) लाई कतारमा नेपाली समुदाय तथा गैरआवासीय