प्रदेशप्रमुख कायस्थ र प्रधानसेनापति थापाबीच भेटवार्ता

जनकपुरधाम, १६ पौष । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार बिहान करिब ११ बजे भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा प्रदेश २ मा विकास कार्यमा हुन सक्ने सेनाको भूमिका बिषयमा कुराकानी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रधानसेनापति थापाले भेटको क्रममा प्रदेश २ मा महोतरीको बर्दिबास स्थित सैनिक विद्यालय तथा सैनिक अस्पताल सञ्चालन हुने साथै मोबाइल अस्पतालमार्फत स्वास्थ्य सेवा सञ्चालन गरिने र मधेसका युवाहरुलाई सेनामा आकर्षित गर्ने योजनाहरु ल्याउने पनि बताएका प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै