देश समृद्धिको बाटोमा अघि बढिसक्यो, कसैले चाहेर पछाडी धकेलिन्न : प्रम ओली

काठमाडौँ, १५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिको बाटोमा अघि बढिसकेकाले अब कसैले पनि चाहेर पछाडी धकेल्न नसक्ने बताउनुभएको छ ।

गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारका अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन सबै मिलेर लाग्नुपर्छ । नेपाल र नेपालीकै पक्षमा सरकारले निर्णय गर्छ ।”

लोकतन्त्र सबै जातजाति र भाषाभाषीका लागि हो भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएको स्मरण गर्नुभयो । भौगोलिकरुपमा सानो भए पनि सांस्कृतिकरुपमा विविधता हुनु देशका लागि सम्भावना भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै जातजाति, भाषाभाषी मिलेर लाग्दा नै समृद्धि र एकता सम्भव छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित