शेयर बजार दोहोरो अङ्कले गिरावट

काठमाडौँ, १५ पौष । धितोपत्र बजारमा आज अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ बिन्दुले घटेर २५६ बिन्दुमा झरेको छ ।

स्टकका अनुसार आज कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर रु ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । होटल २० दशमलव ७९, निर्जीवन बीमा २९ दशमलव ८१ र उत्पादन २ दशमलव ३२ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ६ दशमलव ४८, व्यापार २ दशमलव ९६, विकास बैंक ६ दशमलव शून्य दुई, जलविद्युत् ३ दशमलव ३६, वित्त २ दशमलव १५, अन्य ३३ दशमलव ४४, लघुवित्त ४ दशमलव ६२ र जीवन बीमा ५२ दशमलव ३३ बिन्दुले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ