धूमपान नगर्ने वा छाड्ने कर्मचारीले ६ दिन बढी बिदा पाउने

एजेन्सी, १५ पौष । जापानको पिलाला इंक नामक मार्केटिङ कम्पनीले धूमपान नगर्ने कर्मचारी वा धूमपान छाड्ने कर्मचारीलाई ६ दिन बढी विदा दिने घोषणा गरेको छ ।

उक्त कम्पनीले कर्मचारीलाई स्वस्थ राख्न प्रेरित गर्न कम्पनीले यस्तो नियम सुरु गरेको जनाएको छ । कम्पनी कर्मचारीले धूमपान गर्ने कर्मचारीले नगर्नेले भन्दा बढी ब्रेक लिने गरेको र कम्पनीको उत्पादकत्वमा नै घाटा हुने गरेको सुझाव दिएका थिए ।

किनभने २९ औँ तल्लामा रहेको कार्यलयबाट स्मोकिङ गर्नका लागि कर्मचारी भुई तल्लामा रहेको स्मोकिङमा जानुपर्ने थियो । र कम्पनीले कार्यालय समयमै १५ मिनेट स्मोकिङ ब्रेक दिने गरेको थियो ।

त्यसपछि कम्पनीले धूमपान गर्ने र नगर्ने कर्मचारीबीच विदामा घटबढ गर्ने घोषणा गरेको हो । यो घोषणासंगै ४ जना कर्मचारीले धूमपान छोड्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित