रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास

काठमाडौँ, ३१ असार । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको हो ।

गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा पुर्‍याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ ।

घटनाको जानकारी अस्पतालबाट बिहान करिब ४ बजे प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट असई मनोज दासको नेतृत्वमा टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो । बिहान ४:१५ बजे उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असार । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्ति आपत्ति जनक भएको भन्दै भारतले

काठमाडौँ, ३१ असार । चीनको निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स’ (हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन) मा

भक्तपुर, ३१ असार । बागमती नदीको बहाव अकस्मात बढेर कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासी

काठमाडौँ, ३१ असार । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् । तीन दिने