काठमाडौँ, ३१ असार । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्ति आपत्ति जनक भएको भन्दै भारतले नेपालले मिचेको भूमि फिर्ता माग्यो भने कुन भूमि दिनुहुन्छ भनेर प्रश्न गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गङ्गा श्रेष्ठले कि कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली जमिनको दाबी छाडेको हो भन्दै यस्तो बताएकी हुन् ।
उनले सीमाको जङ्गे पिलर खिइँदै वरवर सर्दा त्यहाँका नागरिक बेलुका सुत्दा नेपाली र बिहान उठ्दा भारतीय हुँदा कसरी बसेका होलान् भनेर सरकारलाई प्रश्न गरिन् । उनले देशको सीमा रक्षा जोगाउन नजाने सेना के का लागि हो सरकार भन्दै नेपालीको भूमि र राष्ट्रियता गुम्न नदिने बताइन् ।





