एक कैदीको सुतेकै अवस्थामा मृत्यु

काठमाडौँ, ३१ असार । खोटाङको कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा दिक्तेलस्थित मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।

असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभएको छ । बेहोस अवस्थामा भेटिएपछि उनलाई राति नै जिल्ला अस्पताल पुर्याइएकामा अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो ।

अस्पताल ल्याइपुर्याउँदा कैदीको मृत्यु भइसकेको र मृत्युको कारण खुलेको छैन । शव परीक्षणपछि मात्रै थाहा हने प्रहरीले जनाएको छ  ।

मृतक राई सवारी ज्यान मुद्दामा दुई वर्षका लागि जेल परेका थिए । जरिवाना तिरेको खण्डमा उनी आगामी साउन ११ गते जेलमुक्त हुनसक्ने अवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ साउन । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

एजेन्सी, २८ साउन । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ। फोर्ट हुड

एजेन्सी, २७ साउन । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने

एजेन्सी, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।