महिलालाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ, २६ असार । सप्तरीमा सखुवाको खम्बामा बाँधेर महिलालाई कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–६ मंसापुर का ३८ वर्षीय दिलीप मण्डल रहेका छन् । गत जेठ २२ तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वतीकुमारी मण्डललाई सामूहिक रूपमा सखुवाको खम्बामा बाँधेर अर्धनग्न बनाइ कुटपिट तथा अमानवीय व्यवहार गरेका थिए । पीडित पार्वतीले दिलीप मण्डलसहित चारजनाविरूद्व जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएकी थिइन् ।

जग्गा जमिन बाँडफाँटको विषयमा विवाद भएपछि ७५ वर्षीय ससुरा रामचन्द्र मण्डललाई जेठाजू प्रकाश मण्डलले मानसिक बिरामी रहेको भन्दै गत जेठ २१ गते सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ छपरारीस्थित रहेका सुधार केन्द्रमा बन्धक शैलीमा लगेको घटनाको प्रतिकार गर्न खोज्दा आफूलाई अमानवीय व्यवहार गर्दै कुटपिट गरिएको पीडित पार्वती कुमारीले बताइन् ।

उनले आफू गरिब तथा विपन्न रहेको कारण न्यायिक प्रक्रियामा सहयोगका लागि इन्सेक सप्तरी प्रतिनिधिमार्फत मधेश प्रदेश कार्यालयमा पीडितले असार ८ गते निवेदन दिएकी थिइन् । त्यसपछि जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

दिलीपकुमार मण्डललाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून