डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी

एजेन्सी, २६ असार । भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर अदालतमा आत्मसमर्पण गर्ने योजना सार्वजनिक गरेकी छिन् ।

मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले आफ्नो पार्टी ‘अवामी लिग’का वरिष्ठ नेताहरूसहित स्वेच्छाले बंगलादेश फर्किने बताएकी हुन् ।

‘रोयटर्स’सँगको करिब एक घण्टा लामो टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफू फर्किएपछि पक्राउ पर्न सक्ने वा हत्या हुन सक्ने जोखिम रहेको स्वीकार गरेकी छिन्। तर, उनी आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छिन्। उनले भनिन्, ‘मलाई स्वदेश फर्किनेबित्तिकै पक्राउ गर्न सक्छन्, हत्या पनि गर्न सक्छन्। तैपनि म फर्किनैपर्छ। मेरा पार्टीका नेता र कार्यकर्तामाथि अत्यन्त दमन भइरहेको छ। यदि मेरो मृत्यु हुन्छ भने आफ्नै देशको भूमिमा होस्, जहाँ मेरा आमाबुबा समाधिस्थ छन् र जहाँ उनीहरूको रगत बगेको थियो।’

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि सत्ता गुमाएर शेख हसिना भारत पुगेकी थिइन्। विभिन्न कार्यकाल गरी करिब २० वर्षसम्म प्रधानमन्त्री रहेकी उनीमाथि आन्दोलन दबाउन घातक आदेश दिएको आरोप छ। बंगलादेशको युद्ध अपराध अदालतले गत नोभेम्बरमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने ती सबै आरोप अस्वीकार गर्दै आएकी छिन्।

उनको सम्भावित स्वदेश फिर्तीले बंगलादेशको राजनीतिक ध्रुवीकरण थप तीव्र बनाउन सक्ने विश्लेषण गरिएको छ। अर्कातर्फ, हसिनालाई शरण दिएपछि चिसिएको भारत–बंगलादेश सम्बन्ध सुधार हुने सम्भावना पनि केही विश्लेषकहरूले औँल्याएका छन्। बंगलादेश सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतसँग पटक–पटक आग्रह गर्दै आएको छ। तर, हसिनाले आफूलाई भारतले पठाउनुअघि नै स्वेच्छाले फर्किने स्पष्ट पारेकी छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय