रास्वपा सरकारको त्रासको भरमा सुशासन र समृद्धि सम्भव छैन : महासचिव पोखरेल

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले सामाजिक संजालमा लेख्दै रास्वपासँग वैकल्पिक शक्तिसँगै वैकल्पिक नीति हुने अपेक्षा जनतामा रहे पनि हालसम्म त्यसअनुसारको कार्यशैली नदेखिएको बताएका छन् ।

उनले भनेका छन्, ‘वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपासँग वैकल्पिक नीति पनि होला भनेर जनताले विश्वास गरे। तर, उनीहरूको कार्यशैली हेर्दा अहिलेसम्म कुनै स्पष्ट नीति, योजना र दृष्टिकोण देखिँदैन। उनीहरू स्पष्ट मार्गचित्र विना नै भयको सिद्धान्त का बलमा सत्तालाई एउटा प्रयोगशालाका रूपमा अभ्यास गरिरहेका छन्।’

प्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ ग्रहणपछि सस्तो लोकप्रियता कमाउने उद्देश्यका साथ अघि बढेको उनको बुझाइ छ। अहिले उनीहरूको कार्यशैलीमा गम्भीर विरोधाभास देखिन थालेको जिकिर गरेका छन्।

उनले नयाँ सरकार गठन भएयता आर्थिक सुधारका संकेत नदेखिएको, बजारमा महँगी र कालोबजारी बढेको तथा हत्या, हिंसा र अन्य अपराधका घटनामा वृद्धि भएको आरोप लगाए।  उनले थपेका छन्, ‘सरकारप्रतिको आश र त्रास का कारण पीडितहरूको न्यायको आवाजसमेत कमजोर बन्न पुगेको छ। परिणामतः हिजोसम्म पीडितका पक्षमा निर्भीकताका साथ समर्थन गर्ने आम मानिसहरू खुलेर बोल्न सकेका छैनन्।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ