नेप्से परिसूचक एक दशमलव १३ अङ्कले घट्यो

काठमाडौँ, २६ असार । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव १३ अङ्कले ओरालो लागेर दुई हजार छ सय दशमलव ६८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शूल्य दशमलव ५८ अङ्कले ओरालो लागेर चार सय ५३ दशमलव ६० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शूल्य दशमलव १५ अङ्कले एक सय ७८ दशमलव ५२ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५३ दशमलव ४७ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड छ लाख ६० हजार ५३७ कित्ता सेयर रु छ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ मूल्यमा खरिदबिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये सात उपसमूह मूल्य घट्यो भने छ उपसमूह बढ्यो । आज १२० कम्पनीको सेयर बढ्यो भने १३५ कम्पनीको सेयर घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय