आजको मौसम

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ।

महाशाखाका अनुसार देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।  बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। 

त्यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ।  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा  मध्यमसम्मको वर्षाको सम्भावना छ ।  तराई भूभागका धेरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशका तथा  बागमती, गण्डकी, लुम्बिनी र  सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून