बेबिलोनमा वृहत् निःशुल्क स्वास्थ्य शिवीर

काठमाडौं, १४ पौष । बेलायती शैक्षिक संस्था ‘ब्रिटिस काउन्सिल’ बाट दुईपटक अन्तर्राष्ट्रिय स्कुल एवार्ड (२०१५—२०१७, २०१७—२०२०) बाट पुरस्कृत बेबिलोन नेशनल स्कुल, शान्तिनगरको आयोजना तथा पद्मावती वचत तथा ऋण सहकारी संस्था नःवहाल, ललितपुरको सहयोगमा शनिबार विद्यालय हातामा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरिएको छ ।

जनरल, आँखा, नाक, कान, घाँटी, दन्त, छाला तथा चर्मरोग सम्वन्धि विशेषज्ञहरुले निःशुल्क सेवा दिएको शिवीरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय वासिन्दा गरि ३५१ जनाको स्वास्थ्य परिक्षण गरि उपलब्ध भएका औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

शिवीरमा आएकामध्ये अधिकाँश छाला तथा चर्मरोगसंग सम्वन्धित र केटाकेटीहरुमा दाँतको समस्या धेरै भेटिएको कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदीले बताउनुभयो ।

विद्यार्थीलाई पढाउनेमात्र नभई विद्यालयले समाजप्रतिको दायीत्व समेत निभाउँदै आएको उल्लेख गर्दै विद्यालयका प्रिन्सिपल राजु राईले सोही अनुसार विभिन्न समयमा स्वास्थ्य शिवीर तथा रक्तदानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

‘जीवनको सार स्वस्थताको वहार’ भन्ने नाराका साथ आयोजित सो निःशुल्क स्वास्थ्य शिविरमा पद्यमावती स्वास्थ्य केन्द्र नःबहाल, ललितपुरका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

जनरलतर्फ डा.तुलसी नारायण श्रेष्ठ र डा.लक्ष्मीलाल डंगोल, दन्तरोगतर्फ डा.शक्तिचन्द्र शाक्य, डा.एच.बुद्धलक्ष्मी शाक्य, डा.जस्ना शाक्य, नाक, कान, घाँटीतर्फ डा. गौतमी शाक्य, छाला तथा चर्मरोगतर्फ डा. सुनिल शाक्य, आँखारोगतर्फ डा.दलबहादुर थापा र डा.जुनु श्रेष्ठले निःशुल्क स्वास्थ्य सेवा दिनुभएको थियो भने औषधि वितरणमा बाबुराजा महर्जन र शुभलक्ष्मी शाही थिए ।

मानव कल्याण बचत तथा ऋण सहकारी संस्था शान्तिनगर, एकता वचत तथा ऋण सहकारी संस्था लि, शान्तिनगर, श्रेष्ठ गुठी शान्तिनगर र सिद्देश्वर वाचनालय तथा सेवा केन्द्र, शान्तिनगर सो शिवीरकोे सह आयोजक थिए ।

विद्यालयले गतवर्ष पनि विद्यालयमा एकदिने निःशुल्क क्यान्सर तथा आँखा शिवीरको साथैै रक्तदान लगायत स्वास्थ्य सम्वन्धि कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्