मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

मकवानपुर, २३ असार । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ ।

प्रशासनले सोमबार सूचना जारी गर्दै राहदानी विभागको पत्रअनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले चार दिन सेवा बन्द हुने जनाएको हो ।

सूचनामा राहदानीका आवेदन पेस गरेका तर अस्वीकृत भई पुनः आवेदन गर्नुपर्ने, विभागबाट राहदानी छपाइ भई आएकालाई मङ्गलबार कार्यालय समयभित्र सेवा लिन पनि आग्रह गरिएको छ । यही असार २९ गतेदेखि नयाँ राहदानी प्रणालीमार्फत आवेदन कार्य पुनः नियमित हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका