परराष्ट्र मन्त्रालयका कृष्णकुमार सुवेदीलाई दोहामा स्वागत

काठमाडौँ, २९ साउन । परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृष्णकुमार सुवेदी (कृशु क्षेत्री) लाई कतारमा नेपाली समुदाय तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले स्वागत गरेकाे छ ।

गैरआवासीय नेपाली संघको एसिया–प्यासिफिक सम्मेलनमा सहभागी भएर आयरल्यान्डबाट फर्कने क्रममा ट्रान्जिटका लागि दोहा आइपुगेका सुवेदीको हमाद इन्टरनेसनल विमानस्थलमा रहेको ट्रान्जिट समयको सदुपयोग गर्दै गोर्खाली रेस्टुरेन्टमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीको समन्वयमा सम्पन्न भएको थियो ।

कतारस्थित नेपाली राजदूतावासमा लामो समय प्रथम सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका सुवेदीसँग कतारको नेपाली समुदायको निकट सम्बन्ध रहँदै आएको छ। उनले आफ्नो कार्यकालमा कतारस्थित नेपाली समुदायका विभिन्न समस्या र सुख–दुःखमा सहजीकरण गर्दै आएको भन्दै कार्यक्रममा सहभागीहरूले उनप्रति सम्मान व्यक्त गरेका थिए ।

भेटघाटका क्रममा सुवेदीले परराष्ट्र मन्त्रालयमार्फत विदेशमा रहेका नेपालीका समस्या तथा कठिनाइ समाधानका लागि निरन्तर पहल भइरहेको बताए। उनले प्रवासी नेपालीका सवालमा सम्बन्धित निकायसँग समन्वय गर्दै समस्याको गाँठो फुकाउने प्रयास भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका