भारतमा चोरीको मोटरसाइकलसहित दुई नेपाली पक्राउ

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रामगढवा थाना क्षेत्रअन्तर्गत नारीरगिर चौकमा सघन सवारी जाँच गर्ने क्रममा एचएचडी मेसिनमार्फत मोटरसाइकलको जाँच गरेको थियो । जाँचका क्रममा मोटरसाइकलको चेचिस नम्बर र रजिस्ट्रेसन नम्बर फरक–फरक रहेको पाइएको छ ।

त्यसपछि गरिएको सोधबुझको क्रममा उक्त मोटरसाइकल चोरीको रहेको खुलेपछि प्रहरीले मोटरसाइकलमा सवार दुई नेपाली युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको कलैया नगर क्षेत्रअन्तर्गत बैराठापुरका हरिनारायण सिंहका छोरा आदित्य सिंह र पर्साको  वीरगञ्ज नगर क्षेत्रअन्तर्गत बहुवरीका रमेश गिरिका छोरा शिवानन्द गिरी रहेका छन् ।

प्रहरीका अनुसार दुवै युवक फरक–फरक जिल्लाका नेपाली नागरिक हुन् । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको