जेनजी आन्दोलनमा फरार भएका कैदी पक्राउ

काठमाडौँ, २१ असार । जेनजी आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योन्जन (रमन) रहेका छन् । प्रहरीका अनुसार योन्जन गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जगन्नाथ देवलस्थित (सुन्धारा) केन्द्रीय कारागार काठमाडौँबाट फरार भएका थिए । उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए  ।

फरार भएपछि उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । सोही क्रममा सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई गत शुक्रबार साझ पक्राउ गरिएको हो ।

पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण

तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ। आफ्नो निर्वाचन

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै व्यक्तिगत लाभ वा शक्तिको पद

काठमाडौँ, २८ साउन । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यका प्रमुख निकायहरूलाई कमजोर बनाउँदै नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र