आजको मौसम

काठमाडौँ, १५ असार । देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भइसकेको छ । 

बाँकी रहेका क्षेत्रहरूमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा आगामी दुई देखि तीन दिनभित्रमा मनसुन विस्तार हुने बलियो सम्भावना देखिएको छ ।

अहिले देशभरिको मौसमी अवस्थालाई हेर्दा कोशी र मधेस प्रदेशका साथै मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको स्थिति छ। हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज देशभरिको आकाश साधारणतया बादलले नै ढाक्ने अनुमान गरिएको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । 

देशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने स्थिति देखिन्छ। विशेष गरी कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ। यसका साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हुरीबतास चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५

काठमाडौँ, ११ साउन । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, ११ साउन । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन् ।  आफूखुसी ड्युटीमा गैरहाजिर रहेका उनीहरूलाई

काठमाडौँ, ११ साउन । आज  साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ । बिहान ३ः०० बजेदेखि