गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ, ११ साउन । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन् । 

आफूखुसी ड्युटीमा गैरहाजिर रहेका उनीहरूलाई प्रहरी प्रधान कार्यालय, नक्सालले सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना जारी गर्दै कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।

यसअघि खोजतलास गर्दा र कार्यालयमा सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका थिएनन्। प्रहरी प्रधान कार्यालयले ‘तोकिएको समयमा सम्पर्कमा नआए सेवाबाट बर्खास्त गरिने’ चेतावनी दिएको छ। तोकिएको म्यादभित्र स्पष्टीकरणसहित उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ। सार्वजनिक सूचनामार्फत उनीहरूलाई सफाइको अन्तिम मौका दिइएको प्रधान कार्यालयले जनाएको छ।

सम्पर्कविहीन हुनेमा दुई जना प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) रहेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी दरबन्दी भएका प्र.स.नि. तीर्थबहादुर बुढा र इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका प्र.स.नि. दुर्गाराज मल्ल लामो समयदेखि गैरहाजिर छन्।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको