जिल्ला सहकारी संघ लि. भक्तपुरको २० औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर १३,पौष । राम चन्द्र प्रजापति । जिल्ला सहकारी संघ लि. भक्तपुरको २० औं बार्षिक साधारणसभा संघका अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा आज तलेजु वेन्क्युट राममन्दिर भक्तपुरमा सम्पन्न भएकोछ ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले पानसमा दिप प्रज्ज्वलित गरि समुघाट्न गर्नु भएको छ ।

संविधानले ७७ वटै जिल्ला समन्वय समितिलाई चिने पनि सांघिय सभा, प्रदेश सभा र स्थनीय तहले नचिनेको दुखेसो व्यक्त गर्नु भएको छ । देशभर जिल्ला समन्वय समितिको २१ अर्व बजेट निष्क्रिय रहेको बल्ल बल्ल मन्त्री परिषदले निर्णय गरि खुलाएको अवस्था छ ।

संघियतामा सिहदरवार छाम्न सकिने स्थानिय सरकार वडा अध्यक्षसँग मात्र संघियता पुगेको छ । वडा सदस्यसम्म पनि पुग्न नसकेको संघियता के जनतालाई संघियता पुगेको महसुस पुर्‍याउन सकिने अवस्था छ रु भनी प्रश्न गरेको छ । संघियता अन्यौल रहेको बताउदै अहिले सं संस्था सहकारीको सुनुवाइ कहाँ सुनाउने अन्यौल अवस्थामा छ ।

एक समय भक्तपुरका कृषकहरुले मल कहाँ पाइन्छ भनि सोधे जिल्ला सहकारी संघ भक्तपुरको सल्लाघारीमा पाइन्छ भन्ने गरेको स्मरण गर्नु भएकोछ । मान्छे विज्ञ बन्न सक्छ, सर्वविज्ञ बन्न नसक्ने हुनाले एक्लै केही गर्न नसकिने सबै मिलेर अगाडि बढनु पर्ने कुरा बताउनु भएकोछ ।

जिल्लामा रहेका सहकारी व्यवस्थापन गर्न जिल्ला समन्वय समितिको प्रमुखले जिल्ला संघका पदाधिकारी लगाएत सवैसग बसि अन्तरक्रिया कार्यक्रम तुरुन्तै राख्न पनि निर्देशन दिनुभएको छ । सहकारी अनुगमन समिति बनाउनु पर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

कार्यक्रमका सभापति महेश श्रेष्ठले नेपालकै पहिलो जिल्ला संघ भए पनि धनी छोराछोरीका गरिव अभिभावक भएको दुखको वेदना सुनाउनु भयो । उहाले संघमा जिल्ला सघ ३ वटा, प्रारम्भिक संस्था १०८ वटा गरि जम्मा १११ वटा सदस्य रहेको समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ