आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : मन्त्री पोखरेल

काठमाडौँ, ६ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्त्वपूर्ण भएको बताएका छन्। 

शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले यसको रूपान्तरणका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्तिमा जोड दिनुपर्ने बताएका हुन् ।

कृषिमा लगानी गर्नुपर्ने विषयमा पटक–पटक जोड दिइए पनि त्यसअनुसार लगानी हुन नसकेकाले अब बन्ने नयाँ सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उनले स्पष्ट पारे । यसका साथै कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई एउटा नमुना विश्वविद्यालयका रूपमा विकास गर्न अन्य विश्वविद्यालयहरूसँगको समन्वयमा आफूले विशेष ध्यान दिने धारणासमेत उनले राखे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य

काठमाडौँ, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा

चितवन, ६ असार । रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको