१७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुर, ६ असार । उदयपुरको कटारीमा १७ किलोग्रामभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार कटारी नगरपालिका वडा नं.६ स्थित बैनाज पुल भित्री सडक खण्डमा प्रहरी चौकी रिस्कुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उदयपुरगढीबाट कटारीतर्फ आउँदै गरेको नम्बर नखुलेको एक मोटरसाइकललाई उदयपुरगढी वडा नं. ६ बाउनटार घर भई हाल कटारी–४ सिम्ले बस्ने ३० वर्षीय नरबहादुर पुलामी मगरलाई १७.०४० केजी गाँजासहित प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र