राप्रपाको महाधिवेशन मंसिरमा हुने: मूल आयोजक समिति गठन

काठमाडौँ, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।

असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। यस समितिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरू रहनेछन् । 

त्यस्तै विभिन्न केन्द्रीय विभागका प्रमुखहरू, प्रदेश अध्यक्षहरू, सबै जिल्ला अध्यक्षहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू तथा सबै भातृ संगठनका अध्यक्षहरू पनि समितिको सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य

काठमाडौँ, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा

चितवन, ६ असार । रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको