राष्ट्रिय स्वाधीनता खतरामा छ: राजेन्द्र पाण्डे

काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाएका छन् । 

४९औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३५औँ किसान सङ्घर्ष दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरूको अदूरदर्शिता मुख्य कारक रहेको दाबी छ। 

उनको ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैरकानुनी हर्कत जनताका लागि चुनौती बनेको जिकिर गरेका हुन् । सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरे का छन् । देशभरका १३ लाख सुकुमबासी परिवारले स्थायी बसोबासको माग गर्दै निवेदन दिए पनि राज्यले उनीहरूलाई जनता नै नठानेको पाण्डेले बताए । 

उनले भने, ‘हाम्रो विगतको गल्तीले जनविरोधीहरू सरकारमा छन्, उनीहरूविरुद्ध एक भएर सङ्घर्ष गर्नुको विकल्प छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको सरकार छ। भर्खरै ल्याएको बजेटमा सामान्य जनतालाई प्रत्यक्ष असर पर्ने गरी ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाइएको छ, जसले गरिबको ढाड सेक्ने काम गरेको छ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य

काठमाडौँ, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा

चितवन, ६ असार । रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको