सरकार पूर्ण रूपमा असफल भयो : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘सय दिनमा सय काम’ कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।

शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफैंले तय गरेका सय कामबारे सरकारले छलफलसमेत नगरेको आरोप लगाए । सरकारले महत्वाकांक्षी घोषणा गर्नुको सट्टा सीमित तर कार्यान्वयनयोग्य लक्ष्य तय गरेर पूरा गरेको भए राम्रो हुने उनको भनाइ थियो ।

महामन्त्री पौडेलले भने, ‘सय दिनमा सय काम भन्नुभयो, त्यो सय काम पूरा हुनु त धेरै परको कुरा हो । ती सयवटा काम जुन उहाँहरू आफैंले तोक्नुभएको थियो, त्यसमा छलफलसम्म पनि भएन । सरकारले सय दिनमा सय काम भन्यो । उहाँहरूले सय दिनमा १० काम भनेर पूरा गरेको भए हुन्थ्यो ।’

महामन्त्री पौडेलले कांग्रेसले सरकारका गतिविधिलाई नजिकबाट नियालिरहेको पनि बताए । महामन्त्री पौडेलले सरकारका कार्यसम्पादनप्रति कांग्रेसले निरन्तर निगरानी गरिरहेको र आवश्यक विषयमा संसद् तथा सार्वजनिक मञ्चमार्फत खबरदारी गरिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य

काठमाडौँ, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा

चितवन, ६ असार । रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको