समान कामका लागि समान ज्याला : मन्त्री विष्ट

काठमाडौँ, १३ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न पनि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ र होमनेट नेपालले बिहिबार काठमाडौँमा आयोजना गरेको ‘अनौपचारीक क्षेत्रका श्रमिक, गरीबको सामाजिक तथा आर्थिक सुरक्षाका लागि उपलब्ध नीतिको कार्यान्वयन’ विषयक गोष्ठीमा मन्त्री विष्टले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट मुलुकले आर्थिक समृद्घि हासिल गर्न सक्ने बताउनुभयो ।

मन्त्री विष्टले उद्योगको रुपान्तरणका लागि त्यहाँ कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा सञ्चालित उद्योगको रुपान्तरणका लागि त्यहाँ कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव