समान कामका लागि समान ज्याला : मन्त्री विष्ट

काठमाडौँ, १३ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न पनि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ र होमनेट नेपालले बिहिबार काठमाडौँमा आयोजना गरेको ‘अनौपचारीक क्षेत्रका श्रमिक, गरीबको सामाजिक तथा आर्थिक सुरक्षाका लागि उपलब्ध नीतिको कार्यान्वयन’ विषयक गोष्ठीमा मन्त्री विष्टले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट मुलुकले आर्थिक समृद्घि हासिल गर्न सक्ने बताउनुभयो ।

मन्त्री विष्टले उद्योगको रुपान्तरणका लागि त्यहाँ कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा सञ्चालित उद्योगको रुपान्तरणका लागि त्यहाँ कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी