विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइनेछ : मन्त्री पोखरेल

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् ।

आज मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै उनले त्यसका लागि हामीले आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपुर प्रयास गर्ने बताएका हुन् ।

विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन, जडीबुटी, पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘म सरकार तथा मेरो मन्त्रालयको तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतः प्रतिबद्ध छु,’ ।

मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेशकै गौरवमा रूपमा रहेको बताउँदै उनले शैक्षिक स्तर उन्नति, अनुसन्धान र प्रविधिमा उदाहरणीय योगदान पुर्‍याएको बताए ।

नेपालको सन्दर्भमा हामी विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उनले बताए । उनले भने, ‘तपाईंहरूले प्राप्त गर्नुभएको गुणस्तरीय शिक्षाले देशले सामना गरिरहेको अभाव, गरिबी, बेरोजगारी, स्वास्थ्यजन्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि र जैविक विविधता जस्ता विषयमा ठोस समाधान दिन सक्षम बनाउनेछ,’ ‘तपाईंहरूको पुस्ताले उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तनको बलमा देशको अर्थतन्त्रलाई बलियो बनाउन ठुलो योगदान दिने क्षमता राख्दछ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित