हर्क साम्पाङद्वारा सुकुमवासीको समस्या समाधान गर्न माग

काठमाडौँ, २ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए ।

७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु न्यायपूर्ण नभएको उनको तर्क थियो । त्यसैगरी, उनले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत रामधुनी–७ को ६४ बिघा जग्गाको प्रसङ्ग पनि उठाए ।

६६ वर्षदेखि बसोबास गरिरहेका स्थानीयले अझै लालपुर्जा नपाएको र अहिले नक्कली जग्गाधनी खडा गरी उनीहरूलाई दु:ख दिने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘हाम्रो भूभाग डुबानमा पारेर छिमेकीको रक्षा गर्ने खालका सम्झौताहरू राष्ट्रघाती हुन्, यसबारे सरकारले गम्भीर भएर आवश्यक कदम चालोस्,’ सांसद राईले भनेका छन् ।

त्यस्तै, उनले  प्रधानमन्त्री बालेन शाहको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आज

काठमाडौँ, २ असार । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री

काठमाडौँ, २ असार । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज नदेखेको बताएका छन् ।  आज

काठमाडौँ, २ असार । सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका