सेफ सन्तोष साह रिहा

काठमाडौँ, २ असार । सेफ सन्तोष साह रिहा भएका छन् ।

बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साहलाई साधारण तारेखमा रिहा गरिएको हो । उनी शनिबार जकनकपुरबाट पक्राउ परेका थिए ।

उनीविरुद्ध सकुन्तला अधिकारी (थापा)ले उनीविरुद्ध उजुरी दिएकी थिइन् । होटल किन्ने भन्दै रकम नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

साहविरुद्ध यसअघि काठमाडौँ जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा पनि दोषी ठहर गरेको थियो । ३० जेठ २०८२ मा २५ लाख बिगो र १ लाख २५ हजार जरिवानाका साथै १ महिना कैदको फैसला सुनाएको थियो । यसमा पुनरावेदन गर्ने अवधि बाँकी नै रहेको भन्दै प्रहरीले छाडेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । अमेरिकामा बमवर्षक विमान दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको एडवड्र्स वायुसेना

काठमाडौँ, २ असार । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज  बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का

काठमाडौँ, २ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक

काठमाडौँ, १ असार । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया