राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ, २ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।

पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि पक्राउ परेको बताइएको छ । उनीहरु सुरक्षा निगरानीमा छन् ।

ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार  पारेको आरोप लाग्दै आएको थियो ।  प्रतिस्पर्धात्मक टेन्डर नगरी पुरानै आपूर्तिकर्तासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको कुरा उठ्दै आएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज

काठमाडौँ, २ असार । बजारमा लिचीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज एकैदिन

काठमाडौँ, २ असार । कञ्चनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कञ्चनपुरमा १३ वर्षीया

काठमाडौँ, २ असार । गोरखामा एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  प्रहरीका