घरको छतबाट खसेर एक जनाको मृत्यु   

काठमाडौँ, २ असार । बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान ५० वर्षीय सोभालाल चौधरीको मृत्यु भएको हो ।

गएराति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

चौधरीलाई कोल्हवीस्थित तामागढी अस्पतालबाट थप उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।