यो सरकारले ल्याएको बजेटले दुरदराज देखेन : सांसद महर

काठमाडौँ, २ असार । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज नदेखेको बताएका छन् । 

आज प्रतिनिधि सभामा मन्त्रालयगत छलफलमा बोल्दै प्रमुख सचेतक महरले बजेटले बझाङ,अछाम, दाचुला,बाजुरा, हुम्ला र जुम्ला नदेखेको बताए ।

उनले दुरदराज मात्रै नभएर आगामी आर्थिक वर्षको बजेटले गरिब,पिछडीएको वर्ग,दलित,बालबालिका र महिला पनि नदेखेको टिप्पणी गरे । उनले भने,‘ एक प्रकारले भन्ने हो भने गैरजिम्मेवार, हावाभरिएको बेलुन जस्तो बजेट ल्याएर जनमतको अपमान गर्नु भयो ।’

विकासे मन्त्रालयहरुमा गरिएको बजेट स्वागत योग्य भए पनि सहरी क्षेत्रमा मात्रै केन्द्रित भएको उल्लेख गरे । उनले भौतिक पूर्वाधारको बजेट सहरी क्षेत्रमा भन्दा पनि विकास नभएको विकट क्षेत्रमा विनियोजन हुनु पर्ने त्यसको उल्टो देखिएको बताए । उनले सहरीकरणसँग जोड्नु पर्ने क्षेत्रमा बजेट विनियोजन नभएको भन्दै अर्थमन्त्रीेले विभेदकारी बजेट ल्याएको आरोप लगाए । 

उनले विभेदकारी बजेट भएकाले अर्थमन्त्रीले भनेको जस्तो कम्युनिष्ट बजेट नभएको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज

काठमाडौँ, २ असार । बजारमा लिचीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज एकैदिन

काठमाडौँ, २ असार । कञ्चनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कञ्चनपुरमा १३ वर्षीया

काठमाडौँ, २ असार । गोरखामा एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  प्रहरीका