पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल

काठमाडौँ, १ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजमले देशलाई सही दिशा दिन नसक्ने बताएका छन् ।

एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रमा बोल्दै आज महासचिव पोखरेलले पपुलिजमले क्षणिकमा जनतालाई मन पर्ने कुरा गरेर भ्रममा पार्ने तर त्यसको दीर्घकालिन असर घातक हुने बताए । पोरखेलले जनतालाई लोकरिझाँइका कुरालाई रामवाण जस्तो मानेको बताए । ‘यस्ता कुराले समाजलाई दिग्भ्रमित पारिरहेको छ । यो लामो समय जादैन’ उनले भने ।

पोखरेलले पार्टी थप एकताबद्ध भएर अघि बढ्ने बताएका छन् । पार्टी शुद्धिकरण, सुदृढिकरण र पुनर्जागरण अभियान मार्फत एमाले थप बलियो हुने स्पष्ट पारे । पार्टी सुदृढिकरणका लागि कार्यदलले काम थालिसकेकोले यसको निष्कर्षको आधारमा पार्टीलाई थप मजबुज बनाइने पोखरेलले बताए ।
पोखरेलले निर्वाचमा पार्टीको विपक्षमा जनमत आएकोले व्यापक सुधारको आवश्यकता रहेको औल्याएका छन् । ‘एमालेको विपक्षमा जनमत प्रकट भएको छ । यसको कारण हामीले जनतासँगको सम्बन्ध बलियो बनाउन सकेनौ’ पोखरेलले भने ‘तर एमाले अब जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्छ ।’

कार्यक्रममा प्रचार विभागका पूर्व प्रमुख राजेन्द्र गौतमले वर्तमान प्रमुख निरज आचार्यलाई अघिल्लो कार्यकालको बैठक पुस्तिका हस्तान्तरण गरे । सोही अवशरमा प्रचार विभागका पूर्व प्रमुखहरु सूर्य थापा,मीनबहादुर शाही लगायतको पनि उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असार । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया

काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।  आज लोकसेवा

काठमाडौँ, १ असार । नेकपा (एमाले)ले सरकारलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न चुनौती दिएको छ । आज प्रतिनिधिसभा बैठकमा एमालेकी उपनेता

काठमाडौँ, १ असार । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले ढुक्क रहन आग्रह गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनगर्ठन