काठमाडौँ, १ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज गतेदेखि सदस्यता नवीकरण अभियान सुरु गरेको छ ।
नेकपाको पार्टी स्कुल विभाग प्रमुख बेदुराम भुसालले पार्टीको यसअघिकै बैठकको निर्णयअनुसार, सदस्यता नवीकरण अभियान सुरु भएको जनाए ।
नवीकरण अभियान डिजिटल्ली र म्यानुअल्ली दुवै किसिमले अघि बढ्ने उनको भनाइ छ । सबैको पहुँचमा इन्टरनेट, मोबाइल नहुन पनि सक्ने भएकाले आफूहरूले त्यसतर्फ ध्यान दिएको उनको भनाइ छ ।
नेकपाले संगठनको सम्पूर्ण अभिलेख डिजिटलाइज गर्ने निर्णय गरेको र कार्यान्वयनमा सोहीअनुसार अघि बढेको भुसालले बताए ।






