युवतीलाई पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ

काठमाडौँ, ३१ जेठ । झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दल्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पुरानो रिसइबीका कारण २१ वर्षीया युवतीमाथि दुर्व्यवहार गर्ने उनीहरूलाई घटनामा प्रयोग भएका सामग्रीसहित नियन्त्रणमा लिइएको हो।

जेठ २९ गते बेलुका साढे ६ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेस्थित राजगढ जाने बाटोमा यो घटना भएको हो । स्थानीय मानिसहरूले बिर्तामोड २ बस्ने २१ वर्षीया सबिना राजबंशीलाई नियन्त्रणमा लिई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दलेका थिए । घटनाबारे जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पीडितको उद्धार गर्नुका साथै घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समिर मर्डी र १९ वर्षीया पुजा बस्नेत रहेका छन् । प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको कालो मोबिलको बट्टा र विभिन्न किसिमका १६ थान पम्प्लेट समेत बरामद गरेको छ।

कालो मोसो दलिएकी सबिना राजबंशीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै

विराटनगर, ३१ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताएका छन् ।  विराटनगरमा

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रक्रियामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला र दलित समुदायका लागि छुट्टै ‘आरक्षित निर्वाचन