काठमाडौँ, ३१ जेठ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा बालबालिकामाथि दुव्यर्वहार भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सुरजकृष्ण श्रेष्ठ रहेका छन् । उनी सञ्चालक मध्येका एक हुन् । पक्राउ परेका श्रेष्ठमाछि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
आफूमाथि दुर्व्यवहार भएको भन्दै बालबालिकाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





