महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रक्रियामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला र दलित समुदायका लागि छुट्टै ‘आरक्षित निर्वाचन क्षेत्र’ निर्धारण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । 

अखिल नेपाल महिला संघ र जातीय समता समाजद्वारा आइतबार आयोजित एक कार्यक्रममा पार्टीका महासचिव मनोज भट्टले अवधारणापत्र प्रस्तुत गर्दै यस्तो माग राखेका हुन् । 

महासचिव भट्टद्वारा प्रस्तुत अवधारणापत्रमा हालको मिश्रित निर्वाचन प्रणालीलाई कायमै राख्दै प्रत्यक्षतर्फ निश्चित क्षेत्रहरू महिला र दलितका लागि मात्र आरक्षित गरिनुपर्ने उल्लेख छ । यस्तो व्यवस्थाले महिला र दलितलाई आफ्नै समूहभित्र प्रतिस्पर्धा गर्ने वातावरण बनाउने र नीति निर्माणको तहमा उनीहरूको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने दाबी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६