कोहलपुर–सुर्खेत प्रसारण लाइन सञ्चालनमा: कर्णालीको समस्या समाधान हुने 

काठमाडौँ, ३१ जेठ । नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत् आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । वैशाख २३ गते राति आएको विनाशकारी हावाहुरीका कारण बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१, चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनको टावर नं. ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत् प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

हावाहुरीका कारण प्रसारण लाइनको मार्गाधिकारभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठूलो रुख ढलेर टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो । क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि २०८३ जेठ ३१ गते अपराह्नदेखि उक्त १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु तथा रुकुम पश्चिमलगायत जिल्लामा राष्ट्रिय ग्रिडमार्फत थप गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुने, भोल्टेजमा सुधार आउने तथा विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने बताएका छन् ।  आज सामाजिक

काठमाडौँ, ३१ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा