कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न सक्दैन: नेता कोइराला

विराटनगर, ३१ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताएका छन् । 

विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उनले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरङ्कुशता सुरु भएको बताए । कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यही दिशामा आफूहरु सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बताए ।

उनले भने, ‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो । तर, अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ । के–को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो । यो निरंकुशताको सुरुवात हो । कांग्रेसको जन्म त्यसको लागि भएको होइन । कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने बताएका छन् ।  आज सामाजिक

काठमाडौँ, ३१ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा