पुस मसान्तसम्म एकीकरण प्रक्रिया पूरा गर्न अध्यक्ष ओलीको प्रस्ताव

काठमाडौँ, १२ पौष । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सांगठनिक एकिकरणका सबैकामहरु पुष मसान्तभित्र सक्ने गरी योजना बनाउन र त्यसका निम्ती आवश्यक गृहकार्य गर्ने प्रक्रियाको प्रस्ताव गर्नुभएको छ ।

गत मंसिर २९ गतेदेखि जारी बैठकमा आज ओलीले जवाफ दिनुभएको हो । स्थायी कमिटीका सवै नेताहरुले उठाएको प्रश्नहरुको उक्तर दिँदै अध्यक्ष ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन पार्टीभित्र अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले पार्टी एकता ऐतिहासिक गौरवको विषय भएको र त्यसलाई सुदृढ गरी अगाडी बढ्ने आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘पार्टी र सरकारले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय हित र स्वाभिमानलाई कुनै हालतमा नछोड्ने, दृढतापूवर्क प्रक्रने र त्यसैलाई केन्द्रविन्दुमा राखेर काम गर्ने कुरा भन्नुभएको छ । लोकतलन्त्रलाई नेपालको सन्दर्भमा विस्तृत ढंगले स्थापित गरिएको छ । त्यो लोकतान्त्रिक अभ्यासलाई ढदृतापूर्वक अगाडी बढाउने, सामाजिक सुरक्षा, सुशासन र सुरक्षा अगाडी बढाउनुपर्छ ।’

बैठक भोली विहान पुन ८ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव