‘शान्ति र स्थिरता’ वार्ता र सम्वाद महत्वपूर्ण : गृहमन्त्री थापा

काठमाडौँ, १२ पौष । गृहमन्त्री रामबहादुर थापाले देशमा शान्ति तथा स्थितरता ल्याउन वार्ता र सम्वाद महत्वपूर्ण हुने बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज विभिन्न मागको आधारमा आन्दोलनरत पक्षसँग वार्ता तथा छलफल गर्न गठित सरकारी र्वाा टोलीले तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले गठित अधिकार सम्पन्न राजनीतिक वार्ता टोलीले शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।

वार्ता टोलीले मुलुकमा द्वन्द्वरत अवस्था नरहेको जनाएको थियो । गैरकानूनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूह विगतका क्रियाकलाप परित्याग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भएको टोलीले जनाएको छ ।

नेत्रविक्रम चन्द्र नेतृत्वका नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेको टोलीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित