काठमाडौँ, ११ पौष । धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिनुभएको छ ।
झाकै कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्को आलोचना भइरहेको थियो । झाकै विषयलाई लिएर नेकपाको स्थायी कमिटीमा समेत सरकारको आलोचना भएको थियो । स्थायी कमिटीमा झाको बर्खास्तको लागि ज्ञापनपत्र समेत बुझाइएको थियो ।
बुधबार पत्रकार सम्मेलन गरी झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गर्नुभएको थियो ।






