एकजुट भएर अगाडि बढ्न सभापति थापाद्वारा आह्वान

विराटनगर, ९ जेठ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले पार्टीभित्रका आन्तरिक विमतिहरूलाई स्वाभाविक रूपमा लिँदै त्यसलाई मिलाएर लैजानु नै आफ्नो प्रमुख कर्तव्य भएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीभित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने सभापतिका रूपमा मेरो आफ्नो जिम्मेवारी हो । यो जिम्मेवारी मैले निर्वाह गर्नुपर्छ र गरिरहेको पनि छु । अहिले पार्टीका केही साथीहरू, नेताहरू केन्द्रीय समितिभन्दा बाहिर हुनुहुन्छ । म उहाँहरू सबैलाई केन्द्रीय समितिभित्र आएर काम गर्नका निम्ति विशेष अनुरोध गरिरहेको छु । पार्टीभित्र मिलेर काम गर्ने पर्याप्त ठाउँ छ र म त्यसका लागि खुला छु ।’

थापाले पार्टीका विभिन्न समितिहरू जस्तै सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति गठन गर्दा सबैको सल्लाह र चित्त बुझ्ने गरी बनाउने धारणा राखे । उनले कुनै पनि तहबाट अवरोध सिर्जना हुनु पार्टी हितमा नरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । बजारमा पुदिनाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज पुदिनाको

काठमाडौँ, ११ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ४

काठमाडौँ, ११ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । जसअनुसार अमेरिकी